सुनको मूल्य एकैदिन तोलामा १६ हजार रुपैयाँ घट्यो

काठमाडौं । सूनकाे मूल्यमा उच्च गिरावट आएको छ । सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेसँगै मूल्यमा भारी गिरावट आएको हो ।

नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबारको नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ११५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएकोमा आज १ हजार ८४५ रुपैयाँमा झरेको छ ।

लघुवित्तको खराब कर्जा अत्यासलाग्दो, २५ वटाको सीमा नाघ्यो, कुनको कति ? Read Previous

लघुवित्तको खराब कर्जा अत्यासलाग्दो, २५ वटाको सीमा नाघ्यो, कुनको कति ?

२० वर्ष पुराना गाडी संचालनमा रोक लगाउन आदेश, स्क्राप गर्ने बाटो खुल्यो Read Next

२० वर्ष पुराना गाडी संचालनमा रोक लगाउन आदेश, स्क्राप गर्ने बाटो खुल्यो