बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज थप ५० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

हप्तैपिच्छे प्रणालीबाट पैसा तान्दै आएको राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न आज निक्षेप संकलन बोलकबोलबाट ५० अर्ब रुपैयाँ तान्ने भएको हो ।

राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम व्यवस्थापन गर्न लागेको हो । उक्त रकमको साँवा र ब्याज भुक्तानी मंसिर २३ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने छन् । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड र बढीमा ५ करोडले भाग जाने गरी जति रकम पनि बोलकबोल गर्न सक्नेछन् ।

एकोहोरो निक्षेप थपिरहेको तर कर्जाको माग बढ्न नसक्दा बैंकिङ प्रणालीमा इतिहासकै धेरै अधिक तरलता कायम भएको छ । हाल प्रणालीमा साढे ६ खर्ब रुपैयाँ बढी तरलता थुप्रिएको छ । यससँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.४ प्रतिशतमा झरेको छ ।

गत आवको कात्तिक यता ब्याजदर लगातार घट्दो क्रममा छ । राष्ट्र बैंकले पनि एकपछि अर्को लचकता अपनाउँदै आएको छ । तर, अर्थतन्त्रमा आएको मन्दी र व्यवसायीको मनोबल बढ्न नसक्दा कर्जाको माग बढ्न सकेको छैन । जसकारण पैसा बैंकिङ प्रणालीमै थुप्रिरहेको छ ।

बोलकबोल मार्फत धान खरिदबिक्री गर्दै नेपाल वेयरहाउजिङ  Read Previous

बोलकबोल मार्फत धान खरिदबिक्री गर्दै नेपाल वेयरहाउजिङ 

नीतिगत र संस्थागत सुधार विना पूँजीगत खर्च बढाउन कठिन, बजेट खर्च नहुँदा निर्माण क्षेत्र सुस्त Read Next

नीतिगत र संस्थागत सुधार विना पूँजीगत खर्च बढाउन कठिन, बजेट खर्च नहुँदा निर्माण क्षेत्र सुस्त