भाटभटेनी सुपरमार्केटको छतमा १३ मेगावाट बिजुली उत्पादन गरिने

काठमाडौं । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालि र रिन्यु होल्डिङ्स प्रालि. बीच सौर्य विद्युत् उत्पादन गर्ने सम्झौता भएको छ ।

दुई संस्था बीच भाटभटेनीका विभिन्न सुपरमार्केटहरूको छत तथा खाली स्थानहरूलाई उपयोग गरेर १२.७५० मेगावाट बराबरको सौर्य विद्युत उत्पादन तथा सहकार्य गर्ने सम्झौता भएको हो ।

समझौतापत्रमा भाटभटेनीको तर्फबाट संचालक श्रीमती साबित्री गुरुङ्ग र रिन्यु होल्डिङ्सको तर्फबाट प्रबंध निर्देशक किरण कुमार श्रेष्ठले हस्ताक्षर गरे ।

रिन्यु होल्डिङ्सले सोलर, हाइड्रो लगायतका नेपालको नवीकरणीय ऊर्जाका साथै चार्जिंग स्टेसन र नवीकरणीय ऊर्जासम्बन्धी नवीनतम प्रविधिमा काम गर्ने लक्ष्य लिएको छ ।

भाटभटेनीले देशभर २७ वटा सुपरमार्केटको स्थापना गरिसकेको छ भने अबको ५ वर्षमा ५१ वटा स्टोर स्थापना गर्ने लक्ष्य लियेको छ । जहाँ सबै संरचनामा नवीकरणीय ऊर्जा प्रयोगमा जोड दिइनेछ।

यस सम्झौताले नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धन र दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ भने कार्बन उत्सर्जनलाई पनि कम गर्नेछ।

रिन्यु होल्डिङ्स र भाटभटेनी सुपरमार्केट दुवै संस्थाहरूले भविष्यमा पनि आपसी सहकार्य र राष्ट्रिय ऊर्जा लक्ष्यमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

मितेरी डेभलपमेन्ट बैंक र जीवन विकास लघुवित्तको लाभांश घोषणा Read Previous

मितेरी डेभलपमेन्ट बैंक र जीवन विकास लघुवित्तको लाभांश घोषणा

बोलकबोल मार्फत धान खरिदबिक्री गर्दै नेपाल वेयरहाउजिङ  Read Next

बोलकबोल मार्फत धान खरिदबिक्री गर्दै नेपाल वेयरहाउजिङ