काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत थप दुई कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।
मितेरी डेभलपमेन्ट बैंक र जीवन विकास लघुवित्त वित्तीय संस्थाले गव आवको नाफाबाट लाभांश घोषणा गरेका हुन् ।
मितेरी विकास बैंकले ९.५०७९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५००४ प्रतिशत नगद गरी कुल १०.००८३ प्रतिशत लाभांश घोषणा गरेको छ ।
त्यस्तै, जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस सेयर रक कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद गरी कुल १४.७३६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।
दुवै कम्पनीको प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।