निगमको हवाई टिकटमा ५ हजारसम्म छुट, कुन गन्तव्यमा कति ?

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय गन्तव्यको हवाई टिकटमा ५ हजारसम्म छुटको घोषणा गरेको छ ।

कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द भएको कारण भएको उडान कटौती र त्यसपछि महँगिएको हवाई भाडालाई मध्येनजर गर्दै छुट घोषणा गरेको हो ।

निगमका अनुसार दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता उडानको बजार भाडादरमा ५ हजार रुपैयाँ छुट पाउने छन् ।

त्यस्तै, भारतको दिल्ली, मुम्बई र बैंगलोरको भाडामा २ हजार ५०० रुपैयाँ छुट दिइने निगमले जनाएको छ ।

निगमका अनुसार उक्त छुट जहाजको सिट अनुसार पहिले आउनेलाई पहिलो प्राथमिकताको आधारमा उपलब्ध गराइने छ । छुट पाउनको लागि यात्रु स्वयं परिचयपत्र सहित उपस्थित हुनुपर्ने छ ।

 

मेडिकल कलेज र सरकारी अस्पताललाई शुल्क सार्वजनिक गर्न परिपत्र, नगरे कारबाही Read Previous

मेडिकल कलेज र सरकारी अस्पताललाई शुल्क सार्वजनिक गर्न परिपत्र, नगरे कारबाही

राजस्व सङ्कलन १७ प्रतिशत बढ्यो Read Next

राजस्व सङ्कलन १७ प्रतिशत बढ्यो