मेलम्चीको काम समयमै सक्न सांसदहरुको निर्देशन

काठमाडौं । वहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माणनिर्धारित समयमै सम्पन्न गर्न सांसदहरुले निर्देशन दिएका छन् । संसदको विकास समिति अन्तर्गत गठन समितिले स्थलगत अध्ययन गरी बाँकी रहेको काम समयमै सक्न निर्माण कम्पनीलाई सिनेहाइड्रोलाई निर्देशन दिएका हुन् ।

 

यसअघि निमार्णको जिम्मा पाएको इटलियन कम्पनी सीएमसी डी रेभेनाले आयोजनाको ९० प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा बीचैमा छोडर गएपछि सरकारले एकतर्फी ठेक्का सम्झौता रद्द गरेको थियो ।

 

 

सरकारले असोज २४ गत मेलम्चीको बाँकी काम दुई खण्डमा विभाजन गरी चिनियाँ कम्पनी सिनो हाइड्रोलाई निमार्णको जिम्मा दिएको थियो । जसअनुसार सुरुङ  निमार्णको काम १२ महिना भित्र र हेडवर्क्स निमार्णको काम १५ महिनाभित्रमा सक्नुपर्नेछ । सिनेहाइड्रोले हेडवर्क्सको काम ९१ करोड १४ लाख र सुरुङको काम ७५ करोड २३ लाख रुपैयाँमा सक्ने गरी ठेक्का लिएको थियो ।

 

यस अघि इटालियन कम्पनीले ९० प्रतिशत भन्दा बढि काम गरिसकेको छ । कम्पनीले सुरुङको २७.५ किलोमिटर मध्ये २५.५ किलोमिटर फिनिसिङको काम सकेको हो । अब थप २.५ किलोमिटर फिनिसिङको काम सिने हाइड्रोले १ वर्षमा सक्नु पर्नेछ ।

भ्रमण वर्षमा पर्यटकलाई खुवाउने खानाको सूची तयार, सिस्नोको झोल, जोगी भात र हिमाली ढिडो... Read Previous

भ्रमण वर्षमा पर्यटकलाई खुवाउने खानाको सूची तयार, सिस्नोको झोल, जोगी भात र हिमाली ढिडो...

डेडिकेटेड र ट्रंक लाइनमा प्राधिकरणले लापरबाही गरेको उपसमितिको ठहर Read Next

डेडिकेटेड र ट्रंक लाइनमा प्राधिकरणले लापरबाही गरेको उपसमितिको ठहर