भ्रमण वर्षमा पर्यटकलाई खुवाउने खानाको सूची तयार, सिस्नोको झोल, जोगी भात र हिमाली ढिडो…

काठमाडौं । सरकारले भ्रमण वर्षमा नेपाली खानाको प्रर्बद्धन गर्न ३३ वटा विभिन्न खानाहरुको सूची (मेनु) तयार पारेको छ । मेनुमा हिमाल, पहाड र तराईका विभिन्न लोकपरिकारहरु समावेश गरिएका छन् ।

 

नेपालमा पर्यटन भन्ने बित्तिकै ‘साइट सिइङ’ र पदयात्रालाई बुझिने अवस्थामा यसरी विभिन्न भौगोलिक र साँस्कृतिक विशेषता सहितका लोकपरिकारलाई प्रर्बद्धन गर्ने चालिएको यो कदम पक्कै पनि एउटा सुखद आश्चर्य हो ।

 

खानेकुराको सूची राम्रोसँग डिजाइन गरिएको छ । उपत्यकाको छोयला समावेश गरिएको छ भने तराईको तरुवा पनि अटाएको छ । हिमाली ढिडोले पनि सम्मान पाएको छ । स्वाद र स्वास्थ्य प्रति सचेत मानिसहरुले रुचाउने सिस्नुको सुप राखिएको छ ।

 

डेर्जटमा नेवारी संस्कृतिको योमरी अटाएको छ भने पहाडी संस्कृति झल्काउने खिर पनि छ । सरकारले यी सबै खानेकुरा प्रर्बद्धन गर्नका लागि प्रत्येक होटल र होमस्टेमा राख्न निर्देशन दिने भएको छ ।

 

नेपालको सबै क्षेत्रमा विद्यमान समस्या के हो भने नीति तथा कार्यक्रम ल्याउने तर, त्यसको कार्यान्वयन भने सधैं फितलो हुने गरेको छ । यहाँ पनि त्यस्तै हुने संकेत देखिएको छ ।

 

यहाँ उल्लेख भएका लोकपरिकारहरु बनाउन जुन खाले पाककलाको आवश्यकता पर्दछ, त्यस्तो कला सबै होटल र होमस्टेमा काम गर्ने कुक वा सेफहरुसँग नहुन पनि सक्छ । जबरजस्ती यस्ता परिकारहरु मेनुमा समावेश गर्न लगाउँदा यस्ता परिकारमा स्वादको एकरुपता कसरी कायम राख्न सकिन्छ ?

 

यदि यो मेनुमा समावेश गरिएका खानाको माध्यमबाट नेपालमा विद्यमान साँस्कृतिक विविधतालाई पर्यटकहरु सामु प्रभावकारी ढंकले उजागर गर्ने हो भने यस्ता खानाहरु पकाउने विशिष्ट पाककला सिक्ने व्यवस्था चाहिँ गर्नुपर्ने देखिन्छ ।

 

हावादारी ढंगले दिने ठाडो निर्देशनले त झन् नकारात्मक असर मात्र पार्न सक्छ ।

तीन जलविद्युत आयोजनाको ८६ अर्ब लगानी स्वीकृत Read Previous

तीन जलविद्युत आयोजनाको ८६ अर्ब लगानी स्वीकृत

मेलम्चीको काम समयमै सक्न सांसदहरुको निर्देशन Read Next

मेलम्चीको काम समयमै सक्न सांसदहरुको निर्देशन