काठमाडौं। लगानी बोर्डले तीन जलविद्युत परियोजनाको लागि झन्डै ८६ अर्ब लगानी स्वीकृत गरेकोछ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा आउने ६५ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।
यस्तै, मर्स्याङदी वेँसी जलविद्युत परियोजनाको ११ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ र माथिल्लो त्रिशुली–३ बी जलविद्युत परियोजनाको ८ अर्ब २२ करोड ७४ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो।