सैनामैनामा डिशहोमको नयाँ सेवा केन्द्र संचालनमा

काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गियामा डिशहोमको इन्टरनेटको नयाँ सेवा केन्द्र संचालनमा आएको छ ।

सैनामैनाका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले उक्त सेवा केन्द्रकाे उद्घाटन गरेका हुन् ।

उक्त सेवा केन्द्रले सैनामैना नगरपालिकाका ग्राहकहरूलाई डिशहोमका विविध सेवाहरू उपलब्ध गराउनेछ। ग्राहकहरूले यहाँबाट इन्टरनेटको नयाँ जडान, रिचार्ज, र टीभी जडान तथा रिचार्ज सेवा बुक गर्न सक्नेछन् ।

यस सेवा केन्द्रमार्फत अब सैनामैना क्षेत्रका स्थानीयको आवश्यकता समाधान गर्न र गुणस्तरीय सेवा सुविधाहरू थप प्रभावकारी रूपमा प्रदान गर्न सहयोग गरिनेछ ।

डिशहोमको यो नयाँ शाखाले सैनामैनाका नागरिकहरूलाई डिजिटल सेवासम्बन्धी सहज पहुँच पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

 

सेयर बजारमा उच्च अंकको गिरावट Read Previous

सेयर बजारमा उच्च अंकको गिरावट

लिनुपर्ने कर पनि उठाउन सक्दैन सरकार, साढे २ खर्ब कर बक्यौता Read Next

लिनुपर्ने कर पनि उठाउन सक्दैन सरकार, साढे २ खर्ब कर बक्यौता