सेयर किन्न नबिल बैंकले ८.०२ प्रतिशतमै ऋण दिने

काठमाडौं । सेयर कर्जा लगानीमा नबिल बैंक आक्रमक बन्न थालेको छ । बैंकले सस्तो ब्याजदरको ‘नबिल सेयर कर्जा’ योजना ल्याएको हो ।

यस योजना अन्तर्गत बैंकले ५० लाख रुपैयाँसम्मको सेयर कर्जा ८.०२ प्रतिशत ब्याजदरमै उपलब्ध गराउने भएको छ ।

त्यस्तै, बैंकले व्यक्तिगत १५ करोड रुपैयाँसम्म मार्जिन कर्जा दिने जनाएको छ । बैंकले सेयर धितोको ६० प्रतिशतसम्म ऋण दिइने जनाएको छ । यस कर्जामा बैंकले ०.७५ प्रतिशत प्रशासनिक शुल्क लिनेछ ।

त्यस्तै, कुल कर्जाको ६० प्रतिशतभन्दा कम कर्जा मात्रै उपभोग गरेमा ०.१५ प्रतिशत कमिटमेन्ट फी लिइने बैंकले जनाएको छ ।

यस्तो ऋणको अवधि १ वर्षको हुनेछ । नियामक निकायको नियम बमोजिम ऋणीको सन्तोषजनक कार्यसम्पादनको आधारमा ऋण नवीकरण गर्न सकिने बैंकले जनाएको छ ।

६ पटक म्याद थपपछि मध्यपहाडी लोकमार्गको खरङ्वा-यावरा खण्ड कालोपत्र सुरू Read Previous

६ पटक म्याद थपपछि मध्यपहाडी लोकमार्गको खरङ्वा-यावरा खण्ड कालोपत्र सुरू

मेडिकल व्यवसायी दुर्गा प्रसाईं घरबाटै पक्राउ Read Next

मेडिकल व्यवसायी दुर्गा प्रसाईं घरबाटै पक्राउ