काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले प्रसाईंलाई भक्तपुरको कमेरोटारस्थित उनकै घरबाट पक्राउ गरेको हो ।
उनलाई साइबर अपराधको कसुरमा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब लगानी रहेको ‘प्रमाण’भन्दै केही सामग्री सार्वजनिक गरेका थिए ।
प्रसाईं यसअघि असोज ६ गते पनि साइबर अपराधको कसुरमा पक्राउ परेका थिए ।