सयपत्री हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनी संचालक समितिको मंसिर २ गते बसेको बैठकले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद निष्काशन गर्न प्रस्ताव गरेको हो ।

प्रस्तावित हकप्रद सेयर विद्युत नियमन आयोगबाट सहमति लिई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि प्रक्रिया अघि बढ्ने छ ।

हाल कम्पनीको चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको छ भने हकप्रद निष्काशनपछि ६० करोड रुपैयाँ पुग्नेछ ।

कात्तिकमा घरजग्गा कारोबार १० प्रतिशत बढ्यो, राजस्वमा भने उच्च गिरावट Read Previous

कात्तिकमा घरजग्गा कारोबार १० प्रतिशत बढ्यो, राजस्वमा भने उच्च गिरावट

भ्रष्टाचार मुद्दामा सफाइ पाएका बैकुण्ठ अर्यालले दिए राजीनामा Read Next

भ्रष्टाचार मुद्दामा सफाइ पाएका बैकुण्ठ अर्यालले दिए राजीनामा