काठमाडौं । राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरह भूमिका दिएका डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन्।
भ्रष्टाचार मुद्दामा सफाइ पाएर आइतबारदेखि आयोगमा हाजिर भएका उनले सोमबारदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।
अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न रहेको भन्दै अख्तियार दुरूपयोग असुन्धानमा आयोगले गत असार ९ गते मुद्दा दायर गरेको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए ।
भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनलाई कात्तिक १४ गते सफाइ दिएको थियो । मुद्दाबाट सफाइ पाएपछि उनको निलम्बन फुकुवा भएसँगै जिम्मेवारीमा फर्किएका थिए।
अर्याललाई सरकारले राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणी पद सिर्जना गरी सरुवा गरेको थियो ।