काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले खुद नाफामा सुधार आएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलोे त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३०.०६ प्रतिशतले बढेको हो ।
कम्पनीले चालु आवको असोज मसान्तसम्म २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४ करोड ७५ लाख रुपैयाँ धेरै । कम्पनीले गत वर्ष सोही अवधिमा १५ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद बीमा शुल्क, लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी बढ्दा नाफामा वृद्धि भएको हो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ९.१४ प्रतिशतले बढेर ११ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । लगानी तथा अन्य आयबाट हुने आम्दानी ८९ करोड रुपैयाँ बढेर ४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।
हाल ८ अर्ब २० करोड चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ७९ करोड १६ लाख रुपैयाँ संचित छ भने अन्य इक्विटीमा ८७ करोड १७ लाख रुपैयाँ छ । त्यस्तै, महाविपत्ती कोषमा १ अर्ब ११ करोड रुपैयाँ छ।
खुद नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी २.३२ रुपैयाँले बढेर १०.०१ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३१.९९ रुपैयाँ रहेको छ ।