धितोपत्र बोर्ड अध्यक्ष छनोटका लागि ३ जनालाई फेरि अन्तर्वार्तामा बोलाइयो

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि ३ जनालाई फेरि अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि बोलाइएको छ ।

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले यसअघि सर्टलिस्टमा परी अन्तर्वार्ता दिन नगएका कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र नवराज अधिकारीलाई मंसिर ९ गते बिहान ८ बजे  अन्तर्वार्ता लागि बोलाएको हो ।

यसअघि उनीहरुलाई असोज गते अन्तर्वार्ताका लागि बोलाइएकोमा छनो समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी अस्वस्थ्य भएपछि रोकिएको थियो । फेरि डेढ महिनापछि समितिले उनीहरुलाई अन्तर्वार्ताका लागि बोलाएको हो ।

त्यसअघि उनीहरूलाई लाई दुई पटक अन्तर्वार्ताका लागि बोलाइएकोमा दुवै पटक अनुपस्थित भएका थिए । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले अन्तिम चरणमा रद्द गरेको बोर्ड अध्यक्ष छनोट प्रक्रिया अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल आएपछि फेरि अघि बढाएका थिए ।

पुष्पकमल दाहल नेतृत्वको सरकारले २०८० माघ ४ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा बोर्ड अध्यक्ष छनोट समिति गठन गरी छनोट प्रक्रिया अघि बढाएको थियो ।

सो समितिले फागुन १६ गते दरखास्त आह्वान गरेको थियो । बोर्ड अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए । तीमध्ये समितिले सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, कृष्ण बहादुर कार्की, डा.नवराज श्रेष्ठ र चिरञ्जीवि चापागाईं अन्तिम पाँचमा छनोट गरेको थियो ।

समितिले सर्टलिस्टमा परेका ५ जनालाई अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि असार २ गते बोलाएको थियो । तर, सन्तोष नारायण र मुक्ति मात्रै उपस्थित भएका थिए । सो दिन अनुपस्थित भएका कार्की, चापागाई र नवराजलाई समितिले अन्तर्वाताका लागि फेरि असार ५ गते बोलाएको थियो । सो दिन पनि उनीहरू नगएपछि समितिले महान्यायाधिवक्ता कार्यालयसँग राय मागेको थियो ।

महान्यायाधिवक्ता कार्यालयले असार ११ गते समितिलाई धितोपत्र ऐनको व्यवस्था अनुसार कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्न वा छनोट प्रक्रिया नै रद्द गर्न राय दिएको दिएको थियो । समितिले सोही राय अनुसार असार १४ गते प्रक्रिया नै रद्द गरेको थियो ।

समितिले प्रक्रिया रद्द गरेपछि सर्टलिस्टमा परेका सन्तोष नारायण श्रेष्ठले असार १७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । असोज १८ गते सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया तत्काल रद्द नगर्न सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

बक्यौता महसुल मंसिर १२ भित्र बुझाउन उद्योगहरूलाई प्राधिकरणको 'अल्टिमेटम' Read Previous

बक्यौता महसुल मंसिर १२ भित्र बुझाउन उद्योगहरूलाई प्राधिकरणको 'अल्टिमेटम'

नेपाल लाइफको नाफा ३० प्रतिशत बढ्यो, रिटेन्ड अर्निङमा ७९ करोड Read Next

नेपाल लाइफको नाफा ३० प्रतिशत बढ्यो, रिटेन्ड अर्निङमा ७९ करोड