सुरक्षा जाँचमा सफल भए भारतले मस्कको स्टारलिंकलाई सञ्चालन गर्न अनुमति दिने

मुम्बई । एलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकलाई सुरक्षा नियमहरूको पालना गरेपछि भारतमा सञ्चालन गर्न अनुमति दिइने स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । स्टारलिंकको सम्भावित प्रक्षेपण विश्वको सबैभन्दा बढी जनसंख्या भएको देशमा कडा नीतिगत बहस र कथित राष्ट्रिय सुरक्षा चिन्ताका साथ भएको छ ।

यता, भारतका सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाले स्थानीय सञ्चार माध्यमहरूलाई ‘सुरक्षाको दृष्टिकोणबाट सबै सर्तहरू पूरा गरेको अवस्थामा’ भारतले कम्पनीलाई सञ्चालन गर्न दिने बताएका छन् । ‘उनीहरूले सबै बाकसहरू जाँच गर्नुपर्नेछ,’ व्यापारिक अखबार मिन्टले मंगलबार सिन्धियालाई उद्धृत गर्दै भनेको छ ।

मन्त्रीले थप विस्तृत जानकारी प्रदान गर्नुभएन तर स्थानीय सञ्चारमाध्यमहरूले यसै महिनाको सुरुमा सरकार र स्टारलिंकका बीच डेटा भण्डारणसहितका केही सुरक्षासम्बन्धी विषयहरूमा छलफल चलिरहेको बताएका छन् ।

यो निर्णय डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति चुनाव जितेको एक हप्ताभन्दा कम समयमा आएको छ । मस्क ट्रम्पको सबैभन्दा उत्साही समर्थकहरू मध्ये एकका रुपमा देखा परेका छन् र सरकारी भूमिका पाउनका लागि परिकल्पना गरिएका छन् ।

सन् २०२२ मा रुसको आक्रमणपछि युद्धभूमि सञ्चारमा सहयोग गर्नका लागि यसका टर्मिनलहरू युक्रेनमा पठाइएपछि स्टारलिंक विश्वव्यापी ध्यानाकर्षणमा आएको थियो । स्याटेलाइट स्पेक्ट्रम प्रदान गर्ने तरिकालाई लिएर हालैका महिनाहरूमा मस्कले एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीसँग पनि कुरा गरेका छन् ।

भारतको सबैभन्दा ठूलो टेलिकम अपरेटर रिलायन्स जियोका प्रमुख अम्बानीले स्पेक्ट्रम विनियोजनको सट्टा लिलामी गर्न अधिकारीहरूलाई बुझाउने प्रयास गरिरहेका छन् । देशको दूरसञ्चार नियामक समक्ष पेस गरिएका निवेदनहरूमा जियोले आफूजस्ता स्थलीय अपरेटरहरू र स्टारलिंकजस्ता स्याटेलाइट इन्टरनेट सेवा फर्महरूबीच ‘समान अवसर’ सुनिश्चित गर्न लिलामी आवश्यक रहेको तर्क गरेको छ ।

अर्कोतर्फ मस्कले यसको कडा विरोध गर्दै यसको सट्टा प्रशासनिक विनियोजन प्रदान गर्न माग गर्दै आएका छन् । ‘यो अभूतपूर्व हुनेछ किनकि यो स्पेक्ट्रमलाई अन्तर्राष्ट्रिय दूरसञ्चार संक ९आइटीयू० ले लामो समयदेखि स्याटेलाइटका लागि साझा स्पेक्ट्रमका रुपमा तोकिएको थियो,’ मस्कले गत महिना एक्समा रिलायन्सले लिलामीका लागि तर्क गरेको एक प्रयोगकर्ताको जवाफमा भने ।

विश्लेषकहरूका अनुसार सबै कम्पनीहरूका लागि महंगो हुने लिलामीले स्याटेलाइट इन्टरनेट सेवाहरूको अर्थनीतिमा असर पार्न सक्छ । ‘स्याटेलाइट कम्युनिकेसन बजार अत्यन्त प्रतिस्पर्धात्मक र नाफा कमाउन कठिन बजार हो,’ काउन्टरप्वाइन्ट टेक्नोलोजी मार्केट रिसर्चका सहायक निर्देशक गारेथ ओवेनले भने, ‘सीमित बजार अवसरको खोजी गर्ने धेरै प्रणालीहरू छन् । नतिजाका रुपमा प्रत्येक स्याटेलाइट अपरेटरले प्रतिस्पर्धीको प्रवेशमा बाधा वा ढिलाइ गर्न आफूले गर्नसक्ने सबै गर्नेछ ।

इन्ड्राइभले नेपालमा लन्च गर्यो नयाँ ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा Read Previous

इन्ड्राइभले नेपालमा लन्च गर्यो नयाँ ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा

उद्योगमा बिजुली जोड्ने सरकारको निर्णय विरुद्ध अन्तरिम आदेश दिन अस्वीकार Read Next

उद्योगमा बिजुली जोड्ने सरकारको निर्णय विरुद्ध अन्तरिम आदेश दिन अस्वीकार