भ्रमण वर्षको उद्घाटनमा ‘स्टिकर लञ्च’देखि यतीको भिडियोसम्म (कार्यतालिका सहित)

काठमाडौं। सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा साथ मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को भव्य उद्घाटन पुस १६ गते (जनवरी १ तारिख) पौने चार बजे दशरथ रंगशालामा शरू हुँदैछ ।

 

भ्रमण वर्ष सचिवालयले भ्रमण वर्षको औपचारिक उद्घाटनका लागि करिब ४ घण्टाको उद्घाटन कार्यतालिका तयार पारेको छ । सचिवालयले तयार पारेको तालिकाअनुसार दशरथ  रंगशालामा सर्वसाधारण र भीआइपीलाई पौने ४ बजे र भीभीआइपीलाई ४ बजे प्रवेश समय तोकिएको छ । कार्यक्रमको सुरूवातमा मन्त्र र आध्यात्मिक संगीत गुन्जाउने तालिकामा छ।

 

कार्यतालिका अनुसार साँझ ५ बजे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्मार्ट फोनमार्फत भ्रमण वर्षको भाइबर स्टिकर सार्वजनिक गर्नेछन् भने सवा ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले पानसमा दीप प्रज्वलन गर्ने कार्यक्रम छ ।

 

यस्तै, साँझ पौने ६ बजे यतीको कथा लक्षित एनिमेटेड भिडियो देखाइने तालिकामा उल्लेख गरिएको छ भने साँझ ७:२१ बजे ‘लाइट शो’ मार्फत भ्रमण वर्ष २०२० क्याम्पेनको औपचारिक सुरुवात हुने छ । साँझ ७ः४१ मा १९७४ एडी ब्यान्डले आतिशबाजी सहितको प्रस्तुति दिएर उद्घाटन समारोह सम्पन्न गर्ने सचिवालयले तयार पारेको कार्यतालिकामा उल्लेख छ ।

एलजीको रोड-शो नेपालभर हुने Read Previous

एलजीको रोड-शो नेपालभर हुने

सेयर बजारमा गिरावट, कारोबार १६ करोडले घट्यो Read Next

सेयर बजारमा गिरावट, कारोबार १६ करोडले घट्यो