एलजीको रोड-शो नेपालभर हुने

काठमाडौं । एलजीले नेपालभर रोड-शो सुरु गरेको छ । रोड-शोमा एलजी काइनोभेटिभ उत्पादनहरूको प्रदर्शन गरिरहेको छ ।

 

रोड–शोमा आकर्षक मूल्यमा वासिङ मेसिन, टीभी र एसी राखिएका छन् । भक्तपुरदेखि सुरु भएको रोड-शो बागलुङ, पोखरा हुँदै महेन्द्रनगरबाट नारायणघाट हुँदै काँकडभिट्टासम्म हुनेछ ।

 

यसको मुख्य उद्देश्य एलजीको वासिङ मेसिनको डेमो रहेको छ । जसमा एलजीको ८ केजीको वासर ड्रायर वासिङ मेसिनबाट डेमो दिने कम्पनीले जनाएको छ । एलजीको वासिङ मेसिन नेपाली बजारमा सर्वाधिक बिक्री हुने गरेको छ ।

 

रोड-शोबाट वासिङ मेसिन सञ्चालन तथा यसका फाइदाहरूबारे ग्राहकहरूलाई जानकारी गराउने उद्देश्य छ । एलजीको आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स प्रालि हो ।

मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र Read Previous

मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र

भ्रमण वर्षको उद्घाटनमा 'स्टिकर लञ्च'देखि यतीको भिडियोसम्म (कार्यतालिका सहित) Read Next

भ्रमण वर्षको उद्घाटनमा 'स्टिकर लञ्च'देखि यतीको भिडियोसम्म (कार्यतालिका सहित)