सेयर बजारमा गिरावट, कारोबार १६ करोडले घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा गिरावट आएको छ । सूचक करिब ५ अंकले घटेको छ भने कारोबार रकम १६ करोडभन्दा बढीले घटेको छ ।

 

शेयर बजार मापक सूचक नेप्से बिहीबार ४.९९ अंकले घटेर ११६२.४३ विन्दुमा आइपुगेको छ । आज १८१ कम्पनीको ४२ करोड २४ लाख ५३ हजार ९०९ रुपैयाँ बराबरको कारोबार भएको छ । १५ लाख ५४ हजार ८९० कित्ता शेयर किन बेच भएका छन् । समग्र बजार पूँजीकरण १४ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ ।

 

कारोबार भएका १२ वटा समूहमध्ये ८ समूहको सूचक ओरालो लागेका छन् भने ४ समूहको सूचक उकालो लागेका छन् । होटल समूहको सूचक सबैभन्दा धेरै १५.६३ अंकले घटेको छ भने जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ८०.७२ अंकले बढेको छ ।

 

कारोबार रकमको आधारमा आज नेपाल लाइफ इन्स्योरेन्सको शेयर शीर्ष स्थानमा रह्यो । यसको ४ करोड ८४ लाख ५ हजार ९५८ रुपैयाँको कारोबार भएको छ ।

 

आज साल्ट ट्रडिङ कर्पोरेशनको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य करीब १० प्रतिशतले बढेको छ । प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ६.६६ प्रतिशतले घटेको छ

भ्रमण वर्षको उद्घाटनमा 'स्टिकर लञ्च'देखि यतीको भिडियोसम्म (कार्यतालिका सहित) Read Previous

भ्रमण वर्षको उद्घाटनमा 'स्टिकर लञ्च'देखि यतीको भिडियोसम्म (कार्यतालिका सहित)

दरवारमार्गमा खुल्यो सलमान खानको ‘रिब्रान्डिङ’ शो-रुम Read Next

दरवारमार्गमा खुल्यो सलमान खानको ‘रिब्रान्डिङ’ शो-रुम