श्रम स्वीकृति लिएका नेपाली भारत हुँदै अर्को देश जान एनओसी नचाहिने

काठमाडौं । अब श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य देशमा जान नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने व्यवस्था लागू गरिएको छ ।

दिल्लीस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । ‘वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएका नेपालीहरूका लागि दूतावासबाट एनओसी लिन पर्नेछैन,’ दूतावासको सूचनामा भनिएको छ ।

दूतावासका अनुसार अब नेपाल सरकारबाट श्रम स्वीकृति लिएका नागरिक भारतको विमानस्थल हुँदै साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाँन सक्नेछन् । तर, अन्य प्रयोजनका लागि जानेले भने अनिवार्य एनओसी लिनुपर्नेछ ।

त्यसैगरी, नेपाली कूटनीतिकरआधिकारिकरसेवा राहदानी धारकहरू, संयुक्त राष्ट्र संघ लायसेज÷पासर (यूएनएलपी) भएका नेपाली नागरिकहरू र १६ वर्ष मुनिका नेपाली नाबालिगहरूलाई पनि एनओसी आवश्यक पर्ने छैन ।

अमेरिका, बेलायत तथा सेनजेन मुलुकको भिसा भएका नेपाली नागरिकहरूलाई पनि एनओसी चाहिने छैन भने रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेहरू बाहेक रसिया जाने यात्रुहरूले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्ने छ ।

ट्राभल एनओसी आवश्यक पर्ने नेपाली नागरिकहरूलाई इमेलमार्फत दूतावासको वेबसाइटमा उल्लेख गरिएका सबै आवश्यक कागजातहरू सहित तोकिएको मितिभन्दा कम्तीमा ७ दिन अगाडि सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

यात्रा एनओसीको सेवा शुल्क प्रति व्यक्ति १ हजार भारतीय रुपैयाँ तोकिएको छ ।

यती एयरलाइन्सले भाेलिदेखि भैरहवा-पोखरा उडान गर्दै, भाडा कति ? Read Previous

यती एयरलाइन्सले भाेलिदेखि भैरहवा-पोखरा उडान गर्दै, भाडा कति ?

नेप्सेमा २ महिना यताकै धेरै कारोबार, यी ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्सेमा २ महिना यताकै धेरै कारोबार, यी ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट