नेप्सेमा २ महिना यताकै धेरै कारोबार, यी ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । आइतबार एकैदिन ६२ अंकले बढेको नेप्से आज २२ अंकले बढेको हो । दुई दिनमै नेप्से ८४ अंकले बढेको छ ।

सोमबार नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६० बिन्दुमा पुगेको छ । आज ३०२ कम्पनीको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर किनबेच भएको छ ।

आज सूचकसँगै कारोबार रकममा पनि उछाल आएको छ । अघिल्लो दिनको तुलनामा करोबार रकम डेढ अर्बले बढेर ११ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । यो पछिल्लो २ महिना यताकै उच्च हो ।

आज कारोबारमा आएका १३ वटा समूह मध्ये ८ वटाको परिसूचक बढेको छ भने ५ वटाको घटेको छ । लघुवित्त समूहको परिसूचक सर्वाधिक ३.२ प्रतिशतले बढेको छ घने फाइनान्स ०.३ प्रतिशतले घटेको छ ।

आज साहस ऊर्जाको सर्वाधिक ३८ करोड १७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २६ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ कम्पनीको मूल्य घटेको छ ।

दोहोरो अंकले बढेको बजारमा आज आधादर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, श्रृजनशील लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, माछापुच्छ्रे बैंक, नारायणी विकास बैंक र कुथेली बुखरी स्मल हाइड्रोपावरका सेयरधनीले पनि १० प्रतिशत कमाएका छन् ।

आज इस्टर्न हाइड्रोपावरका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

श्रम स्वीकृति लिएका नेपाली भारत हुँदै अर्को देश जान एनओसी नचाहिने Read Previous

श्रम स्वीकृति लिएका नेपाली भारत हुँदै अर्को देश जान एनओसी नचाहिने

आन्तरिक लेखा परीक्षणमा संघ र प्रदेश सरकारको बेरुजु साढे २१ अर्ब Read Next

आन्तरिक लेखा परीक्षणमा संघ र प्रदेश सरकारको बेरुजु साढे २१ अर्ब