यती एयरलाइन्सले भाेलिदेखि भैरहवा-पोखरा उडान गर्दै, भाडा कति ?

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले भोलि (कात्तिक २७ गते)देखि भैरहवा-पोखरा-भैरहवा उडान सुरु गर्ने भएको छ । हाल यस रुटमा बुद्ध एयरले मात्रै उडान गर्दै आएकोमा अब यतीले पनि सेवा दिने भएको हो ।

यती एयरलाइन्सका अनुसार भैरहवबाट पोखरका लागि जहाज ११ः०५ बजे उड्ने छ भने पोखराबाट भैरहवाको उडान समय ११:४५ बजे रहेको छ ।

पोखरा-भैरहवा रुटको एकतर्फी हवाई भाडा २ हजार ५०० रुपैयाँ (सीमित सिटका लागि मात्र) कायम गरिएको एयरलाइन्सले जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको संख्या वृद्धि गर्न टेवा र्पुयाउने उद्देश्यले भैरहवा-पोखरा प्रत्यक्ष उडान सुरु गरिएको यती एयरलाइन्सले जानकारी दिएको छ ।

कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान कटौती गरिएपछि अहिले भैरहवा विमानस्थलबाट धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेका छन् । त्यसैलाई मध्ये नजर गर्दै यतीले पोखराबाट भैरहवा उडान सुरु गर्न लागेको हो ।

६४ कम्पनीले पाए ९६० मेगावाट सौर्य विद्युत् उत्पादनको ठेक्का, कुनले कति ? Read Previous

६४ कम्पनीले पाए ९६० मेगावाट सौर्य विद्युत् उत्पादनको ठेक्का, कुनले कति ?

श्रम स्वीकृति लिएका नेपाली भारत हुँदै अर्को देश जान एनओसी नचाहिने Read Next

श्रम स्वीकृति लिएका नेपाली भारत हुँदै अर्को देश जान एनओसी नचाहिने