नयाँ ‘हायर पर्चेज’ कम्पनीलाई स्वीकृति दिँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकमा २ वर्षअघिबाट आवेदन दिएर पनि रोकिएर बसेका ‘हायर पर्चेज’ कम्पनीहरुलाई राष्ट्र बैंकले स्वीकृति दिन थालेको छ । केन्द्रीय बैंकले पुराना आवेदन दिएर बसेका कम्पनीहरुलाई प्रक्रिया पूरा गरेर आएको खण्डमा लाइसेन्स दिन लागेको जनाएको हो ।

 

‘करिब तीन वर्ष अगाडि आवेदन दिएर बसेका कम्पनीहरुले प्रक्रिया पूरा गरेर आएको खण्डमा लाइसेन्स दिने भन्ने निर्णय भएर काम अगाडि बढेको छ । अहिलेसम्म एउटा कम्पनीले लाइसेन्स लागिसकेको र एउटाले प्रक्रिया पूरा गरेको छ भने एउटाले प्रक्रियाबारे बुझेर गएको छ’ राष्ट्र बैंक नियमन विभागका निर्देशक किरण पण्डितले जानकारी दिए ।

 

१० करोड रुपैयाँ चुक्तापूँजीबाट शुरु भएका कम्पनीहरुले २०७७ असार मसान्तसम्म २० करोड र २०७८ असारसम्म ३० करोड पुर्याउनुपर्ने भनिएको थियो नयाँ आउने कम्पनीले चुक्ता पूँजी सुरुवात मै ३० करोड रुपैयाँ पुर्याउनु पर्ने छ ।

 

उनका अनुसार भेन्चर हायरपर्चेजले लाईसेन्स लगिसकेको छ भने मनकामना हायर पर्चेजको अन्तिम प्रक्रिया पूरा हुन बाँकी छ । त्यस्तै अग्नी इन्भेष्टमेन्टले आवश्यक जानकारी लिएर गएको छ ।

 

यसअघि २०७५ माघमा नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० लाई संशोधन गरेको थियो । नयाँ संशोधित व्यवस्था अनुसार चुक्तापूँजी ३० करोड पुर्याउनुपर्ने व्यवस्था गरिएको थियो ।

 

१० करोड रुपैयाँ चुक्तापूँजीबाट शुरु भएका कम्पनीहरुले २०७७ असार मसान्तसम्म २० करोड र २०७८ असारसम्म ३० करोड पुर्याउनुपर्ने भनिएको थियो नयाँ आउने कम्पनीले चुक्ता पूँजी सुरुवात मै ३० करोड रुपैयाँ पुर्याउनु पर्ने छ ।

 

आवेदन दिएर बसेका कम्पनीले अहिले तत्काल स्वीकृति लिन खासै चासो देखाएको देखिदैनन् । केन्द्रीय बैंकले लगानीको क्षेत्रमा सिमितता तोकिदिएसँगै कार तथा मोटरसाइकल बिक्रेता कम्पनीले ल्याउन आवेदन दिएका कम्पनीहरु पछि हट्ने देखिएको हो ।

 

‘पहिला दर्ता हुने कम्पनीले जस्तोसुकै सवारीसाधनमा कर्जा प्रवाह गर्न सक्ने थिए । अहिले आउने नयाँ कम्पनीलाई सीमा तोकिएको छ । ३० करोड पूँजी लगाएर खोलिने कम्पनीले व्यवसाय नपाउने अवस्थामा कसरी नयाँ कम्पनी आउँछ’ आवेदन दिएर बसेको जिओ इन्भेष्टमेन्टका आकाश गोल्छाले भने ।

 

यी हुन् आवेदन दिएर बसेका कम्पनी

 

१. भेन्चर हायर पर्चेज (लाईसेन्स पाइसकेको )

 

२. मनकामना हायर पर्चेज (अन्तिम स्वीकृतिको अवस्थामा रहेको)

 

३. अग्नी इन्भेष्टमेन्ट (राष्ट्र बैंकमा प्रक्रिया बुझन गएको)

 

४. जिओ फार्ड

 

५. नेक्सजेन हायर पर्चेज

 

६. वृद्धि हायर पर्चेज

 

७. भिजी इन्भेष्टमेन्ट

 

८. एनजीएम इन्भेष्टमेन्ट

भ्रमण वर्ष मनाउन यस्तो छ उपत्यकाको तयारी Read Previous

भ्रमण वर्ष मनाउन यस्तो छ उपत्यकाको तयारी

मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र Read Next

मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र