होण्डाको चाडपर्व योजनामा इरफान अहमदले जिते १० लाख नगद

काठमाडौं । होण्डा नेपालको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ योजनाको विजेता घोषणा गरिएको छ ।

उक्त योजनाको विजेता बन्दै सिद्धि कपिलवस्तु शुद्धोधन–१ का इरफान अहमद मुसलमानले १० लाख नगद पुरस्कार जितेका छन् ।

मुसलमानले भैरहवाको सिद्धि विनायक अटो इन्टरनेशनल प्रा।लिबाट ‘सीबी साइन डीडीएस’ बाइक किनेका थिए । विजेतालाई स्क्र्याच कार्डमार्फत छनोट गरिएको थियो ।

‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबारु अभियान अब आधिकारिक रूपमा सम्पन्न भएको छ। हामीले हाम्रा ग्राहकहरूलाई रोमाञ्चक नगद पुरस्कार जित्न धेरै अवसरहरू दिन पाएकोमा खुशी छौं। यस योजनाले हामीलाई हाम्रा ग्राहकहरूसँग अझ नजिक बनायो, र यसका लागि हामी अत्यन्तै आभारी छौं,’ होण्डाले विज्ञप्तिमा भनेकाे छ ।

यही योजना अन्तर्गत यसअघि नै ६ जनाले जनही १ लाख रुपैयाँ जितिसकेका छन् ।

सानिमा बैंकको दराजसँग सहकार्य, ग्राहकले २० प्रतिशतसम्म छुट पाउने Read Previous

सानिमा बैंकको दराजसँग सहकार्य, ग्राहकले २० प्रतिशतसम्म छुट पाउने

३६२० रुपैयाँ सेयर मूल्य भएको समाज लघुवित्त घाटामा Read Next

३६२० रुपैयाँ सेयर मूल्य भएको समाज लघुवित्त घाटामा