सानिमा बैंकको दराजसँग सहकार्य, ग्राहकले २० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज ११.११’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरूले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।

ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजार ५०० रुपैयाँसम्मको छुट पाउने छन् ।

यो योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘पहिलोलाई प्राथमिकता’को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ ।

यसैगरी, क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १३५ प्रति वर्षका दरले २४ महिना सम्मका लागि मासिक किस्ताबन्दी सुविधा पनि पाउने छन् ।

यो योजना २०८१ कात्तिक २६ देखि मंसिर ७ गतेसम्म १२ दिनका लागि लागू हुनेछ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा शाखा कार्यालय र १२४ वटा एटीएमहरू संचालनमा रहेका छन् ।

उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न प्रस्ताव Read Previous

उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न प्रस्ताव

होण्डाको चाडपर्व योजनामा इरफान अहमदले जिते १० लाख नगद Read Next

होण्डाको चाडपर्व योजनामा इरफान अहमदले जिते १० लाख नगद