काठमाडौं । नेपाल बैंक लिमिटेड र अनलाइन ई-कमर्स प्लेटफर्म दराज केयमु प्रालि बीच बैंकका ग्राहकहरूलाई दराजमा सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
नेपाल बैंकले आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँग साझेदारीलाई निरन्तरता दिएको छ ।
सम्झौता अनुसार बैंकका निक्षेपकर्ताले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २ हजार रूपैयाँसम्म छुट पाउने छन् ।
त्यस्तै, क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम २ हजार ५०० रूपैयाँ बराबरको छुट पाउने छन् ।
छुट प्राप्त गर्नको लागि ग्राहकले नेपाल बैंकको शाखाहरूमा सम्पर्क गरी आफ्नो कार्डमा ई-कमर्स सक्रिय गर्न आवेदन दिन समेत बैंकले आग्रह गरेको छ ।
यो योजना २०८१ साल कात्तिक २६ गतेदेखि मङ्सिर ७ गतेसम्म लागू हुनेछ ।