काठमाडौं । सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
आइतबारजिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजालसले सभापति लामिछानेलाई थप १३ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
रविलाई हिरासतमा राख्न म्याद थपिएको यो चौथोपटक हो । कात्तिक २ गते पक्राउ परेका उनलाई कात्तिक ४ गते पहिलाेपटक ५ दिन थुनामा अनुमति दिइएको थियो । त्यसपछि फेरि ७ दिनको म्याद थपिएको थियो । तेस्रोपटक कात्तिक २० गते थप १० दिनका लागि म्याद थपिएको थियो ।
लामिछाने माथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।