राष्ट्र बैंकले २ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले पुस १४ गते (सोमबार)दुई फरक फरक अवधिको अवधिको उक्त रकम बराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो।

 

केन्द्रीय बैंकले ९१ दिन अवधिको १० करोड रुपैयाँ र ३६४ दिन अवधिको २ अर्ब रुपैयाँको बिल जारी गर्न लागेको हो । ९१ दिन अवधिको ट्रेजरी बिल आगामी चैत १८ गते परिपक्क हुनेछ भने ३६४ दिन अवधिको २०७७ पुस १४ गते परिपक्क हुनेछ।

 

बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन बिडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ। पुस १५ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन्।

 

बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।

अरुण तेस्रोको मुआब्जा विवाद सल्टियो, अवरुद्ध निर्माण शुरु Read Previous

अरुण तेस्रोको मुआब्जा विवाद सल्टियो, अवरुद्ध निर्माण शुरु

भ्रमण वर्ष मनाउन यस्तो छ उपत्यकाको तयारी Read Next

भ्रमण वर्ष मनाउन यस्तो छ उपत्यकाको तयारी