एकैपटक ९२ ठाउँको घरजग्गा बेच्दै नबिल बैंक (सूचीसहित)

काठमाडौं । नबिल बैंकले देशका विभिन्न ठाउँमा आफ्नो स्वामित्वमा रहेको घरजग्गा बेच्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै २५ जिल्लाका ९२ स्थानमा रहेको घरजग्गा बिक्री गर्ने जानकारी गराएको हो ।

बैंकले विभिन्न समयमा ऋणीको धितो लिलाम हुन नसकेर आफूले सकारेको गैर बैंकिङ सम्पत्तिको रुपमा रहेका घरजग्गा बिक्री गर्न लागेको हो ।

बैंकले काठमाडौं, भक्तपुर, ललितपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही, बाँके, सुर्खेत बर्दिया, कैलाली, भोजपुर, दोलखा, काभ्रे, नुवाकोट र दार्चुला जिल्लाका विभिन्न स्थानमा रहेको सम्पत्ति बिक्री गर्न लागेको हो।

उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ संस्थाहरूले मंसिर ९ गतेसम्म गोप्य शिलबन्दी पेश गर्नुपर्ने बैंकले जनाएको छ । उक्त बोलपत्र मंसिर १० गते खोलिने समेत बैंकले जनाएको छ ।

ऋणीले समयमै कर्जा तिर्न नसकेपछि धितो राखिएको सम्पत्ति बैंकहरूले लिलामी गर्नुपर्ने हुन्छ । उक्त लिलामी बिक्री नभएमा बैंकले आफैंले सकार्न पाउँछन् । तर, धितो सकार्दा बैंकहरूले बढीमा १५० रोपनी जग्गा मात्र आफ्नो नाममा राख्न पाउँछन् । सीमाभन्दा बढी भएपछि बैंकहरूले त्यस्तो सम्पत्ति बेच्ने गरेका छन् ।

साइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

साइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

बैंकिङ प्रणालीबाट थप ५० अर्ब खिच्दै राष्ट्र बैंक Read Next

बैंकिङ प्रणालीबाट थप ५० अर्ब खिच्दै राष्ट्र बैंक