काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । अमेरिकी नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै विश्व बजारमा सुनको भाउ ह्वात्तै घट्दा नेपालमा पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला ४ हजार रुपैयाँले घटेर १ लाख ६४ हजार ५०० रुपैयाँमा झरेको छ ।
यसअघि कात्तिक १५ गते कीर्तिमानी १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेसँगै नेपाली बजारमा पनि मूल्य घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँ घढेर १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।