त्रिभुवन विमानस्थल बन्द हुने भएपछि निगमको अन्तर्राष्ट्रिय उडान तालिका परिवर्तन

काठमाडौं । नेपाल वायुसेवा निगमले (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय गन्तव्यहरुको उडान तालिका परिवर्तन गरेको छ।

स्तरोन्नतिका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलिदेखि दैनिक १० घण्टा (राति १० बजेदेखि बिहान ८ बजेसम्म ) बन्द हुने भएपछि निगमले आफ्नो उडान तालिका पनि परिवर्तन गरेको हो ।

विमानस्थल बन्द हुँदा संचालन हुने समय कटौती हुने भएपछि एयरलाइन्सले आफ्नो उडान तालिका अघि सारेको छ । निगमका अनुसार काठमाडौं–नारिताको राति ११ः५० बजे हुँदै आएको उडान अब ९ः१५ बजे सारेको छ ।

त्यसैगरी, राति ११ बजे हुँदै आएको काठमाडौं–दोहाको उडान ९ः३० बजे, राति ११ः१५ बजेको काठमाडौं–दुबई उडान अब राति ९ः३५ बजे नै हुनेछ ।

निगमको उडानसँगै अन्तर्राष्ट्रिय गन्तव्यबाट काठमाडौंमा अवतरण हुने समय पनि परिवर्तन भएको छ । यसअघि नारिताबाट राति ११ः५० बजे अवतरण हुँदै आएकोमा अब ९ः १५ बजे आइपुग्नेछ । त्यस्तै, यसअघि दोहाबाट ३ः२५ बजे आइपुग्ने जहाज अब २ बजे र दुबईबाट ४ः१० मा आइपुग्ने जहाज अब ४ः१०मा अवतरण हुनेछ ।

सीतापाइला-धार्के सकड भोलिदेखि १५ दिन बन्द हुने Read Previous

सीतापाइला-धार्के सकड भोलिदेखि १५ दिन बन्द हुने

सुनको मूल्य एकैदिन तोलामा ४ हजार घट्यो Read Next

सुनको मूल्य एकैदिन तोलामा ४ हजार घट्यो