डिजेलको मूल्य घट्यो, पेट्रोलको यथावत

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले बिहीबर मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको बिक्री मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर १४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५० रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.२५ र डिजेलमा रु १.०४ ले घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

तिहार बिदामा पनि खुल्नेछन् यी बैंकका शाखा (सूचीसहित) Read Previous

तिहार बिदामा पनि खुल्नेछन् यी बैंकका शाखा (सूचीसहित)

थाई एयर एसियाको निलम्बन फुकुवा, एकैसाथ काठमाडौं र भैरहवामा उडान गर्ने Read Next

थाई एयर एसियाको निलम्बन फुकुवा, एकैसाथ काठमाडौं र भैरहवामा उडान गर्ने