तिहार बिदामा पनि खुल्नेछन् यी बैंकका शाखा (सूचीसहित)

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार बिदामा पनि बैंकहरूले सेवा प्रवाह गर्ने भएका छन् । अन्य सेवाहरू  नदिए पनि  पनि पैसा झिक्ने र राख्ने प्रयोजनाका लागि बैंकहरूले आफ्ना सेवा कार्यालयहरू  खोल्ने भएका हुन् ।

आजदेखि ५ दिनसम्म तिहार बिदा छ । बिदाको समयमा आफ्ना ग्राहकको सुविधालाई मध्येनजर गर्दै बैंकहरूले निश्चित शाखा कार्यालय खुला राख्ने भएका हुन् । बैंकहरूले दशैं बिदामा पनि सीमित शाखा खोलेर सेवा प्रदान गरेका थिए ।

अधिकांश बैंकहरूले तिहार बिदाको कुन दिन कुन शाखा खुला रहन्छ भनेर सूचना जारी गरेका छन् । यद्यपि, बैंकहरूले पूरै दिन शाखा नखोली केही घण्टा मात्र कार्यालय खुला राखेर सेवा दिने भएका हुन् ।

कुन बैंकको कुन शाखा कहिले खुल्छन् ?

ग्लोबल आइएमई बैंक : ग्लोबल आइएमई बैंकले तिहार बिदामा पनि ३ दर्जन बढी शाखा कार्यालय खुला राख्ने भएको छ । बैंकले बिदाका ५ दिन दिन निश्चित शाखा खुला रहने जनाएको छ । बैंकका शाखा कार्यालय बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहने छन् ।

बैंकका अनुसार कात्तिक १५ गते गाईघाट, धुलाबारी, बुद्धबारे, झुम्का, वीराटचोक, वीरगंज, राजवीराज, न्यूरोड, ढुङ्गेअड्डा, कुलेश्वर, अनामनगर, बनस्थली, कमलादी, चावहिल, नक्साल, गोङ्गवु, सिनामंगल, तिनकुने, पानीपोखरी, गोठाटार, कुपण्डोल, जावलाखेल, बनेपा, हेटौंडा बैंक रोड, भरतपुर, पर्सा, बाग्लुङ्ग, पोखरा न्यूरोड सभागृहचोक, बेसीशहर, दमौली, गैंडाकोट, मिलनचोक, बुटवल, नयाँ मिल, भैरहवा, नेपालगञ्ज, लिवाङ्ग, तुलसीपुर, तम्घास, तानसेन, कपिलवस्तु, दैलेख, थारमारे, सुर्खेत बी, डडेल्धुरा र बलिया शाखा खुला रहनेछ ।

कात्तिक १६ गते गाईघाट, बिर्ताकोड, दमक, इनरुवा, कञ्चनबारी, इटहरी, वीरगंज, जनकपुर, धापासी, मध्यबानेश्वर, कलंकी, त्रिपुरेश्वर, जोरपाटी, सानो गौचरण, कुमारीपाटी, गीतानगर, माडी, पनौती, ठिमी, लोकन्थली, खोले सिमल, शहिदचोक, चिप्लेढुङ्गा, अमरसिंहचोक, कावासोती, त्रिभुवनचोक, नेपालगंच, बुटवल, लखन पार्क घोराही, महेन्द्रनगर र क्यापसचोक धनगढी शाखा खुला रहने बैंकले जनाएको छ ।

कात्तिक १७ गते वीराटनगर, धरान, काँकडभिट्टा, वीरगंज, गोलाबजार, लालबन्दी, गौर, सिराह, शंखमुल, महाराजगंज, लगनखेल, सातदोबाटो, सूर्यविनायक, बेल्चोक, न्यूरोड पोखरा, भैरहवा नारायणथान, घोराही, पुष्पलाल चोक, नेपालगंज, बुटवल मेन, लम्की र धनगढी शाखाहरू  खुला रहनेछन् ।

कात्तिक १८ गते तिनपैनी, जनकपुर स्टेशन रोड, कान्तिपथ, बुटवल राम मन्दिर लाइन, सुर्खेत र धनगढी मेन रोड शाखा खुला रहनेछ ।

कात्तिक १९ गते, वीराटनगर, गाईघाट, बिर्तामोड, वीरगंज, लहान, जनकुर, ठमेल, सुन्धारा, बालाजु, कोटेश्वर, टाँडी, नारायाणघाट, हेटौंडा बैंक रोड, बाग्लुङ्ग, सभागृह चोक पोखरा, दलदले, बुटवल, नयाँ मिल, भैरहवा नारायणथान, तुलसीपुर, घोराही बि, रामपुर पाल्पा, नेपालगंज, अत्तरिया र टीकपुर शाखा खुला रहने बैंकले जनाएको छ ।

प्रभु बैंक : प्रभु बैंकले तिहार बिदामा बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म शाखा कार्यालय खोल्ने भएको छ । बैंकले १५, १६, १७ र १९ गते  मुख्य कार्यालय बबरमहल र जनकपुर शाख खुला राख्ने भएको छ । त्यस्तै, कमलादी, जावलाखेल, वीराटनगर, इटहरी, वीरगंज, पोखरा नेपालगंज, भैरहवा र धनगढी शाखा कात्तिक १५, १६ र १९ गते खुला हुनेछ । कात्तिक १८ गते भाइटीकाको दिन भने सबै शाखा बन्द रहने बैंकले जनाएको छ ।

स्टान्डर्ड चार्टर्ड बैंक :  यस बैंकका कात्तिक १५ गते नयाँ बानेश्वर, बुटवल र पोखरा शाखा खुला रहनेछ । कात्तिक १६ गते न्यूरोड काठमाडौं, वीराटनगर, वीरगंज, धरान र नारायणघाट शाखा खुला रहनेछ । कात्तिक १९ गते बौद्धको शाखा खुला रहने बैंकले जनाएको छ । यी शाखाहरू  बिहान १० बजेदेखि १ बजेसम्म खुल्ने बैंकले जनाएको छ ।

हिमालयन बैंक :

एनआइसी एशिया बैंक

माछापुच्छ्रे बैंक

नबिल बैंक

सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने निर्णय Read Previous

सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने निर्णय

डिजेलको मूल्य घट्यो, पेट्रोलको यथावत Read Next

डिजेलको मूल्य घट्यो, पेट्रोलको यथावत