माछापुच्छ्रे क्यापिटलको वार्षिक साधरण सभा सम्पन्न

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सम्पन्न भएको छ । क्यापिटलको सभा मंगलबार बालुवाटार प्यालेस बैंक्वेट, गैरीधारामा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरणहरू, आव २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरू पारित भएका छन् ।

नेपाल धितोपत्र बोर्डबाट २०८१ असोज १६ गते सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरि असोज २१ गते योजना समेत दर्ता गरी स्वीकृतिको प्रक्रियार्थ रहेको क्यापिटलले जानकारी गराएको छ ।

यसका साथै कम्पनीले आगामी दिनमा पूँजी बजारको विकासमा अझ बढि टेवा पुग्ने गरी कार्य गर्ने जनाएको छ ।

१३ जिल्लामा स्वरोजगार कार्यक्रम प्रस्ताव आह्वान Read Previous

१३ जिल्लामा स्वरोजगार कार्यक्रम प्रस्ताव आह्वान

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्धारा आकर्षक लाभांश घोषणा Read Next

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्धारा आकर्षक लाभांश घोषणा