सानिमा बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र ब्लु क्रस अस्पताल लिमिटेडबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ।

 

यस सम्झौता पत्रमा सानिमा बैंक लिमिटेडकोतर्फबाट प्रमुख डिजिटल बैंकिङ विक्रम श्रेष्ठ र ब्लु क्रस अस्पताल लिमिटेडको तर्फबाट सदस्य सचिव कार्यकारी व्यवस्थापन समिती रजत श्रेष्ठले हस्ताक्षर गरेका छन्।

 

यस सम्झौता अन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ब्लु क्रस अस्पताल लिमिटेड साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन्।

 

साथै, प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा १० प्रतिशतसम्म छुट पाउँन सक्नेछन्।

पुनःनिर्माणले नै आर्थिक वृद्धि भएको हो  : सुशील ज्ञवालीको अन्तर्वार्ता Read Previous

पुनःनिर्माणले नै आर्थिक वृद्धि भएको हो : सुशील ज्ञवालीको अन्तर्वार्ता

साताको सेयर बजार : सूचक १८ अंकले बढ्दा  कारोबार ३५ प्रतिशतले वृद्धि Read Next

साताको सेयर बजार : सूचक १८ अंकले बढ्दा कारोबार ३५ प्रतिशतले वृद्धि