 
			काठमाडौं । लिम्पियाधुरा, लिपुलेक सहितको नेपालको (चुच्चे) नक्सा समेटिएको १०० रुपैयाँ दरका नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीले पाएको छ ।
ग्लोबल टेन्डरबाट १०० रुपैयाँ दरका ३० करोड थान नोट छाप्ने ठेक्का चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन पाएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चाइना बैंक नोट कम्पनीले ८९ लाख ९६ हजार ५९२ अमेरिकी डलर (करिब १ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा) उक्त ठेक्का पाएको हो । यसआधारमा १०० रुपैयाँको एउटा नोटको छपाइ खर्च प्रतिनोट ४.०४ रुपैयाँ पर्ने भएको छ ।
ठेक्का पाउने कम्पनीले नै नोटको डिजाइनदेखि, मुद्रण, आपूर्ति र वितरणसम्मको काम गर्नेछ ।
गत वर्ष नै १०० रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा समेट्ने निर्णय भए पनि प्रक्रिया बीचैमा रोकिएको थियो ।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                