हाथवे इन्भेष्टमेन्टको नाफा दोब्बरभन्दा धेरैले बढ्यो, रिटेन्ड अर्निङमा ४२ करोड संचित

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको खुद नाफामा उछाल आएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १२१.१९ प्रतिशतले बढेको छ ।

कम्पनीले चालु आवको असोज मसान्तसम्म ३ करोड ४९ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा १ करोड ९१ लाख रुपैयाँ धेरै हो । गत वर्ष असोजसम्म कम्पनीले १ करोढ ५८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको आम्दानी बढ्दा र खर्च घट्दा नाफामा सुधार आएको हो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १२२.६५ प्रतिशतले बढेर ४ करोड ८८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल खर्च ५६.७९ प्रतिशतले घटेर ६७ लाख रुपैयाँमा झरेको छ ।

हाल १ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा कोषमा ४१ करोड ७४ लाख रुपैयाँ संचिति छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा सुधार आएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २.७० रुपैयाँबाट बढेर ५.४४ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ८२.०२ रुपैयाँ छ ।

७ वर्षमा फास्ट ट्रयाकको भौतिक प्रगति साढे ३६ प्रतिशत, अझै ठेक्का लाग्नै बाँकी Read Previous

७ वर्षमा फास्ट ट्रयाकको भौतिक प्रगति साढे ३६ प्रतिशत, अझै ठेक्का लाग्नै बाँकी

'२४सै घण्टा बिजुली प्रयोग गर्नेले महसुल नतिरे चोरीको कसुरमा कारबाही हुनसक्छ' Read Next

'२४सै घण्टा बिजुली प्रयोग गर्नेले महसुल नतिरे चोरीको कसुरमा कारबाही हुनसक्छ'