बाग्लुङ जिल्ला प्रशासनमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिकास्थित वडा नं. ३ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

 

बाग्लुङस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको बाग्लुङ्गका प्रमुख जिल्ला अधिकृत लुकबहादुर क्षेत्रीले उद्घाटन गरेका हुन् ।

 

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि सेवा विस्तार गर्न सफल भएको हो ।

 

बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।

 

बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

 

बैंकले हाल देशभरका २०२ वटा शाखा कार्यालय, १५२ वटा एटीएम, ३९ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएकाे छ ।

भ्रमण वर्ष शुरुको दिन नेपाल आउने पहिलो पर्यटकलाई बग्गीमा राखेर घुमाइने Read Previous

भ्रमण वर्ष शुरुको दिन नेपाल आउने पहिलो पर्यटकलाई बग्गीमा राखेर घुमाइने

न्यूयोर्कमा ५७ लाखमै १० बेडरुमको बंगला ! Read Next

न्यूयोर्कमा ५७ लाखमै १० बेडरुमको बंगला !