न्यूयोर्कमा ५७ लाखमै १० बेडरुमको बंगला !

६ हजार स्क्वायर फुटमा बनेको १० बेडरुमको भिक्टोरियन बंगला (हवेली) ५० हजार डलर (करिब ५७ लाख रुपैयाँ) मा बिक्री हुने भएको छ । तर, त्यहाँ एउटा प्रसंग छ । तपाईंले ऐतिहासिक सम्पत्तिको पुनःस्थापना र संरक्षणको प्रस्तावसमेत गर्नुपर्नेछ ।

 

सन् १८१६ मा बनाइएको यो हवेली न्यूयोर्कको अउबर्नमा छ । सो स्थान फिन्गर लेक्स क्षेत्रमा पर्छ जुन सिराकसबाट करिब २५ माइल पश्चिममा छ । सहरको योजना विभागले रियल स्टेट एजेन्ट माइकल डिरोजासँग मिलेर यो हवेलीको बिक्रीको प्रक्रिया अघि बढाएको हो ।


‘‘यो लिलामी होइन, प्रतिस्पर्धा हो,’’ डेरोजाले भनेको छ । हवेली खरिद गर्न चाहनेले सो सम्पत्तिको प्रयोग कसरी गर्ने भन्ने कुरा खुलाउनुपर्नेछ । त्यसको पुनःस्थापनाको समायावधि र मूल्यको विषयमा पनि सो भवनको प्राप्तिको आवेदनसँगै प्रस्तुत गर्नुपर्नेछ ।

 

सोसम्बन्धी आवेदन दिने म्याद डिसेम्बर १८ मै सकिएको छ । उनीहरूको प्रस्ताव पुनरावलोकनपछि जनवरी ८ का दिन विजेता छनोट गरिने डिरोजाले बताएको छ । यसमा कसले बढी मूल्य तिर्ने भन्ने प्रतिस्पर्धाभन्दा पनि कसले राम्रोसँग पुनःस्थापनाको योजना ल्याउँछ त्यसलाई दिने तयारी भएको डिरोजाले जनाएको छ ।

सो सम्पत्ति एकताका अउबर्नका एक बैंकर जेम्स सिमाउरको रहेको थियो । उनी आफ्नो मानवीय कार्यका लागि चर्चित मानिन्छन् ।, उनले सीमाउर पुस्तकालय र अउबर्न सिटी हस्पिटलसमेत खोलेका छन् । सो महल करिब १ एकड जमिनमा फैलिएको छ ।

-सीएनएन

बाग्लुङ  जिल्ला प्रशासनमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर Read Previous

बाग्लुङ जिल्ला प्रशासनमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

पुनःनिर्माणले नै आर्थिक वृद्धि भएको हो  : सुशील ज्ञवालीको अन्तर्वार्ता Read Next

पुनःनिर्माणले नै आर्थिक वृद्धि भएको हो : सुशील ज्ञवालीको अन्तर्वार्ता