स्वाबलम्बन लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

लघुवित्तले साधरण सभा तथा लाभांश प्रयोजनका लागि कात्तिक ९ गते बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

लघुवित्तले गत वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न लघुवित्तले कात्तिक ३० गते २३ औं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा लिसरा रिसेप्सन्स्, भगवतीबहाल, नक्साल, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।

बीपी राजमार्गमा आजदेखि २४सै घण्टा गाडी चलाउन पाइने Read Previous

बीपी राजमार्गमा आजदेखि २४सै घण्टा गाडी चलाउन पाइने

लाइफ इन्स्योरेन्स कर्पोरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन Read Next

लाइफ इन्स्योरेन्स कर्पोरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन