लाइफ इन्स्योरेन्स कर्पोरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसीएन) को हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले ८८.४५ प्रतिशत हकप्रदका लागि कात्तिक ९ गते बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन पाउने छन् ।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको हो । हाल २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि ५ अर्ब रुपैयाँ पुग्नेछ ।

स्वाबलम्बन लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

स्वाबलम्बन लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

डलरको मूल्य इतिहासकै महँगो, नेपाललाई फाइदाभन्दा घाटा धेरै Read Next

डलरको मूल्य इतिहासकै महँगो, नेपाललाई फाइदाभन्दा घाटा धेरै