बीपी राजमार्गमा आजदेखि २४सै घण्टा गाडी चलाउन पाइने

काठमाडौं । बीपी राजमार्गमा आजदेखि २४सै घण्टा गाडी चलाउन पाइने भएको छ ।

सडक डिभिजन कार्यालय, भक्तपुरले एक सूचना जारी गर्दै आजदेखि धुलिखेल-भकुण्डेबेँसी सडकखण्डमा २४सै घण्टा सवारीसाधन चलाउन पाइने जानकारी गराएको हो ।

सडक डिभिजनले गत असोज ३० गतेदेखि धुलिखेल-भकुण्डेबेँसी (वर्षेखोला) खण्डमा बेलुका ६ बजेदेखि बिहानको ४ बजेसम्म सवारी साधन संचालनमा रोक लगाइएको थियो ।

नयाँ ट्रयाक खोलेर गत सातदेखि संचालनमा ल्याइएको उक्त खण्डमा जुनसुकै समयमा पनि सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले सवारी संचालनमा रोक लगाइएको थियो ।

गत असोज १० देखि १२ गतेसम्म आएको बढीपहिरोले उक्त खण्डको अधिकांश सडक बगाएको थियो । करिब ८ किलोमिटर सडक नयाँ ट्रयाक खोली असोज २५ गतेदेखि यात्रुवाहक सवारी साधन सुचारु गरिएको थियो ।

संघीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने बीपी राजमार्ग छोटो दूरीको प्रमुख राजमार्ग हो ।

यस्ता छन् प्रधानमन्त्रीले सार्वजनिक गरेका सरकारका १०० दिनका उपलब्धिहरू (पूर्णपाठ) Read Previous

यस्ता छन् प्रधानमन्त्रीले सार्वजनिक गरेका सरकारका १०० दिनका उपलब्धिहरू (पूर्णपाठ)

स्वाबलम्बन लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

स्वाबलम्बन लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन