अब फिल्म हलमा एमआरपीभन्दा बढी मूल्यमा पानी र खानेकुरा बेच्न नपाइने

काठमाडौं । अब सिनेमा हलभित्र पानी र खानेकुरा अधिकतम खुद्रा मूल्य (एमआरपी)भन्दा बढी मूल्यमा बेच्न नपाइने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति जारी गर्दै एमआरपीभन्दा बढी मूल्यमा पानी र खानेकुरा बिक्री गर्न नपाइने जानकारी गराएको हो ।

यदि एमआरपीभन्दा बढी मूल्यमा बेचेको पाइएमा कानुन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

सोमबार विभाग र प्रदर्शक संस्था नेपाल चलचित्र संघबीच यसबारे छलफल र अन्तरक्रिया भएको थियो ।

लुम्बिनी सेरामिक्सले पायो आइएसओ प्रमाणपत्र Read Previous

लुम्बिनी सेरामिक्सले पायो आइएसओ प्रमाणपत्र

पोखरा-बेनी खण्डमा ट्याक्सी चालकको मनलाग्दी, ६ हजारसम्म लिन्छन् भाडा Read Next

पोखरा-बेनी खण्डमा ट्याक्सी चालकको मनलाग्दी, ६ हजारसम्म लिन्छन् भाडा