काठमाडौं । लेमिनार टायल्सको उत्पादक कम्पनी, लुम्बिनी सेरामिक्स लिमिटेडले आइएसओ मापदण्डहरूको पालना गरी विश्वस्तरीय भिट्रिफाइड टायलहरूको उत्पादनको प्रमाणीकरण गरेको छ ।
लेमिनार उत्पादनमा आएको केहि हप्तामै आइएसओ प्रमाणपत्र प्राप्त गरेको हो । छोटो समयमै आइएसओ पाउने लुम्बिनी सेरामेक्स सम्भवतः नेपालकै पहिलो कम्पनी भएको कम्पनीको दाबी छ ।
लुम्बिनी सेरामिक्स्ले गुणस्तरीय व्यवस्थापन प्रणालीको लागि आइएसओ ९००१ः२०१५, वातावरणीय ब्यवस्थापन प्रणालीको लागि आइएसओ १४००१ः२०१५ र व्यवसायिक स्वास्थ्य र सुरक्षा ब्यवस्थापन प्रणालीको लागि आइएसओ ४५००१ः२०१८ गरी तीनवटा विधामा प्रमाणपत्र पाएको हो ।
बलियो र चुस्त व्यवस्थापन अभ्यास, कर्पोरेट सुशासन र अन्तर्राष्ट्रिय रुपमा प्रचलित उत्पादनको सिद्धान्त एवं मान्यताहरूलाई अंगिकार गरी नेपाललाई विश्वव्यापी उत्पादन अभ्यासको मापदण्डमा उभ्याउने उद्देश्यले लुम्बिनी सेरामिक्स् लिमिटेडको स्थापना भएको हो ।
अन्तर्राष्ट्रिय मान्यता बोकेको आइएसओ प्रमाणीकरणले कम्पनीको गुणस्तरीय ब्यवस्थापन, वातावरणीय ब्यवस्थापन र ब्यवसायिक स्वास्थ्य तथा सुरक्षा ब्यवस्थापन प्रणालीप्रतिको दृष्टिकोण एवं प्रतिबद्धतालाई पूर्णअनुमोदन गरेको कम्पनीले जनाएको छ ।
‘यस उपलब्धि हाम्रो कम्पनीको लागि एक महत्वपूर्ण कोशेढुंगा साबित भएको छ, जसले कार्यसंचालनको सम्पूर्ण पक्ष र आयामहरूमा उत्कृष्टताको अभ्यास हासिल गर्ने हाम्रो दह्रिलो प्रतिबद्धलाई समर्थन गरेको छ,’ कम्पनीका प्रबन्ध निर्देशक आशुतोस खेतानले बताए, ‘गुणस्तरीय बस्तुहरू उत्पादन र वितरणलाई सुनिश्चित गर्नको लागि हामी निरन्तररुपमा गुणस्तर नियन्त्रण र ब्यवस्थापन प्रक्रियाहरूलाई थप मजबुत बनाउँदै लैजाने छाैं ।’
उनले गुणस्तर र सुरक्षाको सवालमा अन्तर्राष्ट्रिय मापदण्डहरूलाई पछ्याउनेमात्रै नभइ कम्पनीले सोभन्दा माथिका मापदण्डहरू कायम समेत गर्ने जानकारी दिए ।
बर्दियाको गुलरियास्थित साढे १२ बिगाह जमिनमा फैलिएको यूरोपेली गुणस्तरको अत्याधुनिक प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्स्को उत्पादन भइरहेको छ । करिब ५०० वटाभन्दा बढी आकर्षक डिजाइनमा ४ आकारका टायल्स उपलब्ध छन् ।