दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको जहाजमा बम राखेको हल्ला

काठमाडौं । भारतको नयाँदिल्लीबाट काठमाडौं आएको भिस्तार एयरवेजको जहाजमा बम राखिएको हल्ला फैलिएको छ ।

भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसकेको छ ।

दिल्लीबाटै उक्त विमानमा बम राखेको फोन आएको बताइएको छ । बमा राखेको खबर आएपछि अहिले उक्त जहाजमा नेपाली सेनाको टोलीले चेकजाँच गरिरहेको छ ।

विमानमा रहेका सबै यात्रुलाई बाहिर निकालिसकिएको छ भने उक्त जहाजलाई छुट्टै राखेर सुरक्षाकर्मीले चेकजाँच गरिरहेका छन्।

पछिल्लो समय भारतीय जहाजहरूमा बम राखेको हल्ला फैलिने क्रम बढेको छ । जसकारण कयौं उडान प्रभावित भएका छन् भने केही जहाजहरु डाइभर्ट गरी विभिन्न ठाउँमा अवतरण गरिएका छन् ।

 

समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरू, ४४ देशका सहभागी Read Previous

समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरू, ४४ देशका सहभागी

ग्लोबल आइएमई बैंकको नाफा ३२% बढ्यो, वितरण योग्य नाफा कति ? Read Next

ग्लोबल आइएमई बैंकको नाफा ३२% बढ्यो, वितरण योग्य नाफा कति ?