आइएमई जनरल इन्स्योरेन्सले शुरु गर्‍यो घुम्ति बीमा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले घुम्ति बीमा सेवा संचालनमा ल्याएको छ । इन्स्योरेन्सले बीमा समितिबाट मंसीर २४ गते जारी “शाखा रहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन २०७६” बमोजिम आवश्यक सामाग्री सहित मोबाइल भ्यानमार्फत घुम्ती बीमा शुरु गरेको छ ।

 

कम्पनीले ग्राहकलाई आवश्यकतानुसार घरदैलोमा नै सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा शुरु गरेको हो । सेवाको शुभारम्भ गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिृकत युगेशभक्त बादे श्रेष्ठले हाल काठमाण्डौं उपत्यका भित्र कम्पनीको शाखा नरहेको विभिन्न स्थानहरुमा घरदैलेमा नै गएर यो सेवा प्रदान गरिने बताए ।

 

उनले घुम्ती बीमाबाट प्राप्त नतिजाको आधारमा भविष्यमा अन्य स्थानहरुबाट पनि यो सेवा प्रदान गर्ने जानकारी दिए । ‘नियमनकारी निकायबाट घुम्ती बीमाको लागि मार्गदर्शन प्राप्त भएको साथै यस्तो सेवा प्रदान गर्दा कम्पनीले आफना ग्राहकहरुलाई घरदैलोमानै सर्वसुलभसेवा प्रदान गर्न सक्ने र शाखा रहित भएको हुनाले कम खर्चिलो हुने हुनाले तत्काल यो सेवा शुरु गरेका हौं’, उनले भने ।

डिशहोमको सिनेमाघर च्यानलमा ‘कबड्डी कबड्डी कबड्डी’ Read Previous

डिशहोमको सिनेमाघर च्यानलमा ‘कबड्डी कबड्डी कबड्डी’

बागलुङमा लगानी भित्र्याउन ठूला उद्यमी इच्छुक Read Next

बागलुङमा लगानी भित्र्याउन ठूला उद्यमी इच्छुक