डिशहोमको सिनेमाघर च्यानलमा ‘कबड्डी कबड्डी कबड्डी’

काठमाडौं । यस वर्षको सुपरहिट चलचित्र “कबड्डी कबड्डी कबड्डी” टेलिभिजनमा पहिलो पटक डिशहोमको सिनेमाघर च्यानलनम्बर १०८ मा शुक्रबार (पुस ११ गते) देखि प्रर्दशन हुने भएको छ ।

 

सन् २०१३ मा निर्माण भएको हिट चलचित्र कबड्डीको तेस्रो सिरिज रहेको यस चलचित्रमा ख्याति प्राप्त कलाकार दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी, लगायत दर्जनौँ चर्चित कलाकारहरूले अभिनय गरेका छन् ।

 

असोज ३ गते रिलिज भएको यस चलचित्रले पुराना सिक्वलहरु कबड्डी , कबड्डी कबड्डीको सर्वाधिक लोकप्रियतासँगै यसपटक पनि नेपाली सिनेमा जगत्मा उत्कृष्ट प्रर्दशनी कायम गर्न सफल रहेको छ । तिनैवटा सिक्वलमा कलाकार दयाहाङ राईले अभिनयमात्रै गरेनन् , चलचित्रलाई नेपाली सिनेमा प्रेमीहरुको मनमस्तिष्कमा समेत गहिरो प्रभावपार्न सफल भए ।

 

समयअनुसारको प्रविधिको विकाससँगै विकसितभएको डिशहोमलेहलहरुको पहुँच नभएका दर्शकहरुका लागि न्यूनतम शूल्कमा सपरिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने प्रविधि भित्र्याएको हो ।

 

च्यानलनम्बर १०८ मा एसएमएस गरी चलचित्र हेर्न मिल्ने सुविधा डिशहोमले प्रदान गरेकोे छ । हरेक दिन आठ शो हेर्न पाइने यस सिनेमाघरमा, चलचित्र हेर्नका लागि मोबाइलको म्यासेज बक्समागएर एमओडी टाइप गरी स्पेश दिएर सेटअप बक्सको क्यास आइडी टाइप गरी आफूले हेर्न चाहेको समय टाइप गरी ३२५०० वा ३२५८० मा एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ । यो चलचित्र हेर्न सपरिवारका लागि ३ सय २५ रुपैयाँ शूल्क लाग्नेछ ।

माघ २ गतेदेखि छोरी बीमा सप्ताह सञ्चालन गरिने Read Previous

माघ २ गतेदेखि छोरी बीमा सप्ताह सञ्चालन गरिने

आइएमई जनरल इन्स्योरेन्सले शुरु गर्‍यो घुम्ति बीमा Read Next

आइएमई जनरल इन्स्योरेन्सले शुरु गर्‍यो घुम्ति बीमा