पूँजी परिचालन र लगानी वृद्धिका लागि आवश्यक प्रक्रिया अघि बढाउँदै अर्थ मन्त्रालय

काठमाडौं । व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने गरी अर्थ मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ ।

अर्थ मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पूँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक तथा औद्योगिक वातावरण सहज बनाउन केन्द्रित हुने बताएका हुन् ।

उनले राजस्व सङ्कलन र पूँजीगत खर्चका लागि अझ बढी सामथ्र्य लगाउन निर्देशन दिए।

राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यावसायिक र औद्योगिक वातावरण बने राजस्वमा समेत सकारात्मक प्रभाव पर्ने बताए ।

बैठकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढीपहिरोबाट पुगेको क्षतिको पुनःनिर्माणका लागि स्रोत व्यवस्थापनमा समस्या नभएको जानकारी गराउन भएको थियो । बैठकमा मन्त्रालयका उच्च पदस्थ अधिकारीको सहभागिता थियो ।

शिखर इन्स्योरेन्सको सीईओमा पुनः पाण्डे नियुक्त Read Previous

शिखर इन्स्योरेन्सको सीईओमा पुनः पाण्डे नियुक्त

तातोपानी नाका पुग्ने सडक एक साता भित्रै संचालनमा आउने Read Next

तातोपानी नाका पुग्ने सडक एक साता भित्रै संचालनमा आउने