काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपप्रकाश पाण्डे पुनः नियुक्त भएका छन् ।
कम्पनी संचालक समितिको कात्तिक १ गते बसेको बैठकले सीईओमा पाण्डेलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।
पाण्डेलाई ४ वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गरिएको हो । पाण्डे यसअघि पनि कम्पनीको सीईओकै रुपमा कार्यरत थिए ।
पाण्डेसँग नेपाली बीमा क्षेत्रमा काम गरेको वर्षौंको अनुभव छ ।