सुनको मूल्य तोलाकै २ हजार बढ्यो, बन्याे हालसम्मकै महँगो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । यससाता बुधबारदेखि दैनिक नयाँ रेकर्ड बनाउँदै आएको सुनकाे भाउले आज लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार ४०० रुपैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि बिहीबार सुनको भाउ प्रतितोला १ लाख ६२ हजार ४०० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ७१२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेर १९८० रुपैयाँमा कारोबार भइरहेको छ ।

आरएसडीसी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

आरएसडीसी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक ३ दिन बन्द हुने Read Next

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक ३ दिन बन्द हुने